धादिङ १५ बैशाख
नेकपा माओवादी केन्द्र निकट सङ्गठन योङ कम्युनिस्ट लिग धादिको तेस्रो नीलकण्ठ नगर सम्मेलन सम्पन्न भएको छ ।
कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा वाईसिएल बागमती प्रदेश इन्चार्ज ललित श्रेष्ठ (अभियान)को प्रमुख आतिथ्यता रहेको थियो भने संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्प विक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।

त्यसै गरी नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दल बहादुर बुर्लाकोटी (विजय), पार्टीको जिल्ला संयोजक मनराज भण्डारी (शैलेस), बागमती प्रदेश सचिवालय सदस्य एवम् नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, नीलकण्ठ नगर इन्चार्ज शम्भुकुमार श्रेष्ठ, वाईसिएल जिल्ला संयोजक राजन लम्साल (ज्वाला) लगायतको उपस्थिति रहेको थियो ।

उक्त सम्मेलनबाट कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नगर समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रदिप पोख्रेल, महिला उपाध्यक्षमा प्रेक्षा तामाङ, सचिवमा द्वारीका दाहाल, सह सचिवहरूमा विक्रम शाक्य, अपिल शाक्य र कोषाध्यक्षमा दिपा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
उक्त सम्मेलनमा उपस्थित अतिथिहरूले वाईसिएलको उक्त नव निर्वाचित समितिले पार्टीको नीति र निर्देशन अनुरुप अगाडी बढ्नुपर्ने बताउनुभयो ।
