वाइसियल धादिको तेस्रो नीलकण्ठ नगर सम्मेलन सम्पन्न

धादिङ १५ बैशाखनेकपा माओवादी केन्द्र निकट सङ्गठन योङ कम्युनिस्ट लिग धादिको तेस्रो नीलकण्ठ नगर सम्मेलन सम्पन्न भएको छ । कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा वाईसिएल बागमती प्रदेश इन्चार्ज ललित श्रेष्ठ (अभियान)को प्रमुख आतिथ्यता रहेको थियो भने संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्प विक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो । त्यसै गरी नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दल बहादुर बुर्लाकोटी (विजय), पार्टीको जिल्ला संयोजक मनराज भण्डारी (शैलेस), बागमती प्रदेश सचिवालय सदस्य एवम् नीलकण्ठ नगरपालिका उपप्रमुख…