धादिङ , चैत्र २२
धादिङ अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको छ ।
भोली शनिबार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको हो ।
उक्त शिविरमा त्रि.वि. शिक्षण अस्पताल, महाराजगंज र वीर अस्पतालमा कार्यरत बरिष्ठ पेट, आन्द्रा र कलेजोको विशेषज्ञ सर्जन, वरिष्ठ बाल रोग विशेषज्ञ सर्जन र वरिष्ठ मस्तिक तथा मेरुदण्ड विशेषज्ञ सर्जन द्वारा निःशुल्क स्वास्थ्य परिक्षण हुने भएकाले सबैमा सेवा लिन आग्रह गरिएको छ । शिविर बिहान १० बजे देखि धादिङ अस्पताल प्राङ्गणमा सुरु हुने छ ।
