धादिङ चैत्र २२ उच्च अदालतको आदेशसँगै रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका बुढानिलकण्ठस्थित घरमै पुगेर प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो । लामिछानेले फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने भन्नुभएको थियो । उहाँलाई जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई कारागार चलान गर्ने प्रहरी तयारी छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको मुद्दामा यसअघि जिल्ला अदालतले उहाँसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। सो आदेश उल्टाउँदै उच्च अदालतले उहाँलाई थुनामा पठाउने आदेश गरेको हो।
Day: April 4, 2025
दलित समुदायका समस्या बुझ्न राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देवराज विश्वकर्मा रुवी भ्यालीमा
धादिङ, चैत्र २२ राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष माननीय देवराज विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक विश्वकर्मा र पूर्व सचिव मानबहादुर विश्वकर्मा लगायतका पदाधिकारीले रुवी भ्याली गाउँपालिका भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा रुवी भ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुंङमा रहेका दलित बस्तीका दलित परिवारसँग भेट गरी त्यहाँ रहेका दलितका समस्या सुनेर समाधानको उचित सम्बोधन गर्ने विश्वास दिलाउनु भएको छ । भेटघाटका क्रममा उब्जिएका समस्याहरू दलित समुदायले आफूसम्म ल्याई पुर्याउन नसकेकोमा गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो , ‘ यो समस्या आएको छ अब यसको शीघ्र…
एकैदिन जाजरकोटमा दुई पटक भूकम्पको धक्का
धादिङ चैत्र २२ एकैदिन जाजरकोटमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुकबार बेलुकी दुईपटक भूकम्प गएको हो। ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो।
रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश
धादिङ , चैत्र २२उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको हो । योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको छ ।
अब तिनकुने क्षत्रमा सभा, विरोध प्रदर्शन, धर्ना गर्न अनुमति नदिन सरकारलाई निर्देशन
धादिङ , चैत्र २२काठमाण्डौको तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडाले तीनकुनेमा गएको चैत्र १५ गतेको प्रदर्शनबाट भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताउनुभयो । घटनाको आवश्यक छानबिन गरी दोषीमाथि कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई बैठकले निर्देशन…
धादिङ अस्पतालमा शनिबार निःशुल्क स्वास्थ्य परिक्षण हुँदै
धादिङ , चैत्र २२ धादिङ अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको छ । भोली शनिबार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको हो । उक्त शिविरमा त्रि.वि. शिक्षण अस्पताल, महाराजगंज र वीर अस्पतालमा कार्यरत बरिष्ठ पेट, आन्द्रा र कलेजोको विशेषज्ञ सर्जन, वरिष्ठ बाल रोग विशेषज्ञ सर्जन र वरिष्ठ मस्तिक तथा मेरुदण्ड विशेषज्ञ सर्जन द्वारा निःशुल्क स्वास्थ्य परिक्षण हुने भएकाले सबैमा सेवा लिन आग्रह गरिएको छ । शिविर बिहान १० बजे देखि धादिङ अस्पताल प्राङ्गणमा सुरु हुने छ ।
बँदेल मार्न थापेको धरापमा परेर गयो महिलाको ज्यान
धादिङ, चैत्र २२खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका १ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो । स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो । बँदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर…
