हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी मिल्काइयो: सांसद दीपक गिरी

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताउनुभएको छ। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी मिल्काएको बताउनुभएको हो ।

नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उहाँको आरोप छ । उहाँले थप्नुभयो, ‘संविधान निर्माणका क्रममा जनताले दिएको रायको बेवास्ता गरिएको छ । त्यति बेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेका थिए । कसैले हिन्दु राष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन । संसारभरि एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो । अहिले पनि ती अभिलेख र रायहरू हेरियोस् । नेपालमा हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’

Related posts

Leave a Comment