नेपाली समाज विवेकहीन बन्दै गएको हो ??

आजको नेपाली समाजलाई नजिकबाट हेर्दा एउटा गहिरो चिन्ता देखिएको छ । प्रविधि र सूचनाको पहुँच बढे पनि सोच्ने, विश्लेषण गर्ने र सही–गलत छुट्टाउने विवेक भने झन् झन्  कमजोर बन्दै गएको अनुभूति धेरैले गर्न थालेका छन् । सामाजिक व्यवहार, राजनीतिक प्रतिक्रिया र अनलाइन गतिविधिहरूले यो अवस्थालाई झन् स्पष्ट पारिरहेको छ । सामाजिक सञ्जाल अहिले विचार व्यक्त गर्ने मुख्य माध्यम बनेको छ । तर यिनै माध्यममा तथ्य नजाँचीकन समाचार र टिप्पणीहरू सेयर हुने क्रम बढ्दो छ । भीडले भनेको कुरा नै सही ठान्ने, भावनामा बगेर प्रतिक्रिया दिने र असहमतिको स्वरलाई गालीगलौजले दबाउने…