धादिङ, २४–असोज उत्तरी धादिङमा चल्ने सवारी साधनहरुले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । खनियाँबास गाउँपालिका–१ पेर्चो देखि धादिङबेँसीसम्म चल्ने संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले हजार रुपियाँको टिकट काटेर १ हजार पाँच सय रुपैयाँ लिदै आएको यात्रुहरुले गुनासो गरेका छन् । चाडपर्वको समयमा भन्दै बढी भाडा लिदै आएको संयुक्त यातायात प्रा.लि.का सवारीसाधनहरूले दशै सकिएर दिपावली लाग्नै लाग्दा समेत महंगो भाडा असुल्दै आएको सुवम तामाङले बताए । चलानीमा १ हजार रुपैयाँ लेखिए पनि १ हजार पाँच सय रुपियाँ भाडा असुल्ने गरेका छन्’ उनले भने– ‘केही दिन त चाडपर्वको समय भएर…
