नेपालद्वारा वेस्ट इन्डिज सामु १४९ रनको लक्ष्य प्रस्तुत

धादिङ,११–असोज

नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनिटी कपअन्तर्ग युएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो।

नेपालका लागि कप्तान कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले ६ र आसिफ शेखले ३ रन बनाउँदै पेभेलियन फर्किएका हुन्।

त्यसअघि नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको थियो। १० ओभर सकिँदा नेपालले २ विकेटको क्षतीमा ६८ रनको स्थितीमा थियो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किदा कप्तान रोहित पौडेल र कुशल मल्लले १० ओभर सकिँदा ५० रनको साझेदारी बनाउँदै इनिङ्स अगाडी बढाएका थिए। नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्लको विकेट गुमायो। १०.४ ओभरमा कुशलले २१ बलमा समान २ चौका र २ छक्कासहित ३० रन बनाउँदै क्याच आउट भएका हुन्।

चौथो विकेटका रुपमा रोहित पौडेलले १२।४ ओभरमा ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाउँदै क्याच भए। १४.३ मा वेष्टइन्डिजले वाइड फाल्दा नेपालले १०० रनको दुरी पूरा गरेको हो।

नेपालले ११९ रन बनाउँदा ५ विकेट गुमायो। पाँचौं विकेटको रुपमा गुल्सन झाको विकेट गयो। गुल्सनले १६ बलमा २ छक्कासहित २२ रन बनाए।
दिपेन्द्र सिंह ऐरी १८.३ ओभरमा १७ रनमा क्याच भए। सन्दीप जोराले ९ रन बनाए। करण केसी डकआउट भए।

सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे। वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट लिए।

Related posts

Leave a Comment