वाइसियल गजुरी गाउँ समितिद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३३ जनाले गरे रक्तदान

धादिङ, १२—साउन वाइसियल गजुरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा गजुरी गाउँपालिका वडा नं. ७ स्थित सहिद शान्ति पार्कमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजमा रगतको अभावलाई केही हदसम्म पुरा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एक महिला र ३२ पुरुष गरी  जम्मा ३३ जना स्वयंसेवकले रक्तदान गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले रक्तदाता युवाहरूलाई प्रमाणपत्र प्रदान गर्दै यस्ता सामाजिक कार्यमा सबैको सक्रियता आवश्यक रहेको बताए । उनले स्थानीय तथा युवाको उत्साहजनक सहभागिताले कार्यक्रम थप सफल बनेको धारणा राखे । वाइसियल गजुरी गाउँ…