धादिङ, ९–असार
देशभर मनसुन प्रणाली सक्रिय रहेकाले अधिकांश स्थानहरूमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशका विभिन्न भागहरूमा हल्कादेखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। साथै केही स्थानहरूमा चट्याङ, हावाहुरीसहितको वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

धादिङबेशिमा हाल बर्षा भइरहेको छ । अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ भने न्यूनतम तापक्रम २० डिग्रीको आसपास रहनेछ।
मौसम विभागले दिएको बाढी, पहिरो र सवारी अवरोधको सम्भावना रहेको स्थानहरूमा सतर्क रहन चट्याङ्गबाट बच्न सुरक्षित स्थानमा रहन र कृषिकर्मीहरूलाई खेतबारीमा काम गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रमुख विमानस्थलहरूमा मौसमको कारण आन्तरिक उडानहरू प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
