जसपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समावेश

धादिङ, जेष्ठ–२८ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा प्रवेश) गरेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए। उनले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा…

नेदरल्यान्ड्समाथि नेपालको जित

धादिङ,जेष्ठ–२८ नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित निकालेको हो। डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रन मात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भयो।   नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। भने स्कर्ट एडवर्डले ३० रन जोडे । नेदरल्यान्डलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र नन्दन यादवले ३–३ विकेट लिए भने  ललित राजवंशीले २ तथा करण…