धादिङ, जेष्ठ–२१ आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ मा सुरु हुने छ । लिग टुको आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ । विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अंकका…
