रास्वपा खोटेहाङका सभापति माओवादी केन्द्रमा प्रवेश

रास्वपा खोटेहाङका सभापति प्रदीप आचार्यसहितका नेताहरु बिहीबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी खोटेहाङका अध्यक्ष दीपेन थुलुङका अनुसार खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा एमालेबाट निर्वाचित वडा सदस्य किरण राईलगायत ३० जना पनि माओवादीमा समाहित भएका छन् ।

प्रदीप आचार्य पनि एमालेबाटै खोटेहाङ गाउँपालिका–४ वडकादियालेका वडा सदस्यमा निर्वाचित भएका थिए । केही महिनाअघि मात्र रास्वपा सभापति भएका थिए । त्यस्तै एमाले खोटेहाङ सचिवालय सदस्य प्रकाश कटुवाल, रास्वपा बडकादियाले सभापति रमेश सुवेदी, एमाले वडा उपाध्यक्ष डम्बरबहादुर कार्की लगायत माओवादीमा समाहित भएको थुलुङले बताउनु भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की, जिल्ला समन्वय समिति संयोजक दिपक पाण्डे, खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई, माओवादी खोटेहाङका अध्यक्ष दीपेन थुलुङ, माओवादी दिप्रुङ चुइचुम्मा अध्यक्ष किसान राई लगायतका नेताले नवप्रवेशीलाई स्वागत गर्नुभएको हो ।

Related posts

Leave a Comment