बोहरालाई हेलिकोप्टरबाट उद्धार

धादिङ, वैशाख—१६

सिमकोट गाउँपालिका-२ की १६ वर्षीया पुष्पा बोहरालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। आइतबार एक्कासि उच्च रक्तश्रावको समस्या देखिएपछि ठेहे  स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालमा रेफर गरिएको हो। 

बेथा लागेर उच्च रक्तश्राव भएकी किशोरीको पेटभित्रको बच्चा उल्टो भएपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर उमाकान्त तिवारीले बताउनुभयो। न्यूनतम् ३७ हप्तादेखि ४० हप्ताभित्र हुनुपर्ने हो तर २८ हप्तामै बेथा लागेको बताउनुभयो।

‘चेकजाँच गर्दा बच्चाको मुटुको धड्कन ठीक थियो। हुम्लामै अप्रेसन गर्न पनि सकिन्थ्यो। तर जिल्ला अस्पतालमा एनआईसीयु नुहुँदा हेलिकोप्टरबाट उद्धार गरिएको हो’, डाक्टर तिवारीले भन्नुभयो। 

Related posts

Leave a Comment