जनताको सेवामा आफै खटिँदै धादिङका ट्राफिक प्रहरी

धादिङ, चैत्र-२४

जिल्ला ट्राफिक कार्यालय धादिङ को सक्रियतामा गजुरी बजारमा रहेको जेब्राक्रसिङ मा रङ्ग दल्ने कार्य सम्पन्न भएको छ ।

तस्विर: गणेश संबाददाता

आइतबार जिल्ला ट्राफिक कार्यालय धादिङका इन्स्पेक्टर सुरज श्रेष्ठ को कमान्डमा खटिएको टोलीले बजार क्षेत्र मा रहेको विभिन्न चार वटा जेब्राक्रसिङमा रङ्ग लगाउने कार्य गरेको हो ।

तस्विर: गणेश संबाददाता

जेब्राक्रसिङको रङ्ग मेटिएको कारणले पैदल यात्री तथा सवारी चालकलाई समेत समस्या भएकाले उक्त कार्य गरिएको श्रेष्ठ ले बताउनुभयो ।

Related posts

Leave a Comment