धादिङ अस्पताल धादिङमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

धादिङ, चैत्र २३
धादिङ अस्पताल धादिङमा आज निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा सम्पन्न भएको शिविरबाट ४१ जनाले सेवा लिएका छन् ।

शिविरमा त्रि.वि. शिक्षण अस्पताल महाराजगंजमा कार्यरत वरिष्ठ बाल रोग विशेषज्ञ सर्जन डाक्टर दिनेश कोइराला, बरिष्ठ पेट, आन्द्रा र कलेजो रोग विशेषज्ञ सर्जन डाक्टर जयन्त शाह र वीर अस्पतालमा कार्यरत वरिष्ठ मस्तिष्क तथा मेरुदण्ड विशेषज्ञ सर्जन डाक्टर प्रनभ रेग्मीद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो ।

जस अन्तर्गत ५ जनाले बाल रोग सेवा, २७ जनाले पेट, आन्द्रा र कलेजो सम्बन्धी सेवा र ९ जनाले मस्तिष्क तथा मेरुदण्ड सम्बन्धी सेवा लिएका छन् ।

Related posts

Leave a Comment