रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लियो

धादिङ चैत्र २२

उच्च अदालतको आदेशसँगै रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका बुढानिलकण्ठस्थित घरमै पुगेर प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो ।

लामिछानेले फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने भन्नुभएको थियो । उहाँलाई जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई कारागार चलान गर्ने प्रहरी तयारी छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको मुद्दामा यसअघि जिल्ला अदालतले उहाँसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। सो आदेश उल्टाउँदै उच्च अदालतले उहाँलाई थुनामा पठाउने आदेश गरेको हो।

Related posts

Leave a Comment