राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू राजतन्त्रको पक्षमा वातावरण बनाउन निरन्तर लागिरहेको बताएका छन् । तत्काल राजतन्त्र फर्किन सम्भव नरहेपनि विस्तारै त्यसका लागि वातावरण निर्माणमा जुटेको उनको भनाइ थियो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले पूर्वराजालाई नारायणहिटी प्रवेशको सम्भावना नरहेकाले तत्कालका लागि निर्मल निवासमै लैजाने बताए । प्रसाईंले भने,’फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्याउने छौं ।’
Day: March 7, 2025
टिपरको ठक्करबाट तीनजनाको मृत्यु
धादिङसवारीसाधनको ठक्करबाट काठमाडौंमा तीनजनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । शुक्रबार बिहान करिब पौने ४ बजे शंखरापुर नगरपालिका–६, साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडकछेउको टहरोमा ठक्कर दिँँदा सुतिरहेका तीनजना घाइते भएका थिए । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले…
