राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य अमेरिकामा पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) ले रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई एक साता अगाडि पक्राउ गरेको हो। नेपालबाट अमेरिका जाँदै गर्दा उनलाई पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो। उनी अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा रहेका छन्।  रास्वपाका एक पदाधिकारीले पनि अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको जानकारी गराए। उनका अनुसार पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ। रास्वपाका सदस्य थापाले अमेरिकाको बाल्टिमोरमा रवि लामिछानेका लागि धमाधम चन्दा उठाउने कार्य गरिरहेको भन्दै…

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा विद्युत् सर्ट भएर आगलागी भएको छ । गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित पालिकाको कार्यालय रहेको घरमा आइतबार दिउँसो आगलागी भएको हो ।  गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेको स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको घर जलेर नष्ट भएको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाको महत्वपूर्ण कागजात र स्टोरमा राखिएका सामाग्रीहरू जलेर नष्ट भएका छन् । यद्यपि, क्षतिको यकिन विवरण आईसकेको छैन ।  सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुली सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट…

प्रकाश भट्टलाई अध्यक्ष चयनगर्दै धादिङ मोबाईल व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न

धादिङ मोबाईल व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धादिङ मोबाईल व्यवसायी संघका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष एसिस रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उधोग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी, नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका सचिव सुरज पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । उक्त अधिवेशनबाट अध्यक्षमा प्रकाश भट्ट चयन भएको छ । जसको उपाध्यक्षमा नवराज श्रेष्ठ, कोषाध्यक्षमा शरण कुमार श्रेष्ठ, सचिवमा जलिन मिया, सहसचिवमा दिपमाया श्रेष्ठ र सदस्यहरुमा किशोर…

पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

 हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  आगामी २४ घण्टासम्म नेपालमा वर्षा÷हिमापत गराउने प्रणाली छैन । साथै मौसम सम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको…

हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार

रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ। शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ।   हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र थिए। रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले जानकारी दिइन्। त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा…

इजरायल र हमासबीच युद्धविरामको पहिलो चरण सकियो, दोस्रो चरणको वार्ता अझै अनिश्चित

इजरायल र हमास लडाकू समूहबीच युद्धविरामको पहिलो चरण सकिएको छ। तर युद्धविराम सुरक्षित गर्ने अर्को चरणको वार्ता अझै अनिश्चित छ । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरू भएको १५ महिनाभन्दा लामो युद्धपछि गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएको थियो । शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्‍याे। बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार नौ सय जना कैदीबन्दीको रिहाइ गरेको छ । दोस्रो…