नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति धादिङको तेस्रो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा धादिङवेशी क्रिक रिसोर्टमा एक भव्य कार्यक्रमको आयोजना गरि नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश ईन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बागमती प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पविक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, पूर्व चिनिया राजदुत एवं नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य विष्णु पुकार श्रेष्ठ,बागमती प्रदेश…
Day: February 28, 2025
डिजेल/मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्
धादिङ नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ ।
प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी
जिल्लाको सदरमुकाम धादिङवेशीमा जारी प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी प्रवेश गरेका छन् शुक्रबार सेमिफाइनलमा एमवाइसीले सेभेन हर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै, आयोजक डिएफसीले शिवदल गणविचको खेलमा निर्धारित समयमा गोलरहित रह्यो । कुनै पनि समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा पहिलो पाँचै जनाले गोल गरेपछि पुनः थप दुई जनाले पेनाल्टी सुटआउट गर्दा ६–५ गोल अन्तरले डिएफसीले फाइनलको यात्रा सुरक्षित गरेको हो । सेमिफाइनल खेल सकिएसँगै सेभेन हर्स र शिवदल गण दुवै समुह तृतिय भएका…
धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु
धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु भएको छ । शुक्रबार बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा सुरु भएको उक्त महोत्सवको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिका सहआयोजना तथा स्थानीय स्तरका सामाजिक संघसंस्थाहरुको सहजीकरणमा दुई दिने बागमति प्रदेश स्तरीय साहित्य महोत्सबको शुक्रबार उद्घाटन गरिएको हो । महोत्सवको उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र…
देशका विभिन्न ठाउँमा वर्षा तथा हिमपात, भोलि देखि मौसममा क्रमिक सुधार हुने
देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको माछापुच्छ्रेमा २० दशमलव ४ मिलिमिटर पानी परेको छ । पश्चिम र पूर्वका विभिन्न ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । यसवर्षको हिउँदयाम सकिँदै गर्दा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको हो । यसको असर पश्चिममा बढी परेको छ । भोलिसम्म नै देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको जम्मू काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा…
धादिङ लगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का धादिङसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो । कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए । भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।…
