धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । विहिबार सम्पन्न भएको उक्त अधिवेशनले काशिका अर्याल(सृजना) को अध्यक्षतामा १५ सदस्यिय नयां कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन कोईराला(अविरल), सह–सचिवमा शिरिषा बस्नेत र कोषाध्यक्षमा प्रगती अर्याल चयन हुनुभएको छ । त्यसै गरि सदस्यहरुमा प्रविन घिमिरे, राम प्रसाद अर्याल, रोजिना ढकाल, प्रतिमा अर्याल, अञ्जना सिलवाल, शरण रेग्मी, गौरी ढुङ्गाना, प्रकाश सापकोटा, अमृत अधिकारी, र सम्झना नेपाल कोईराला चयन हुनुभएको छ । धादिङ सिर्जना प्रतिष्ठानको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा…
Day: February 27, 2025
नेपालको दक्षिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउने
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको दक्षिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउने बताउनु भएको छ । हुलाकी मार्ग केन्द्रित तराई मधेश जनजागरण अभियानका क्रममा सुनसरी पुगेका अध्यक्ष प्रचण्डले बिहीबार बिहान बर्जु गाउँपालिकामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै अभियानले दक्षिण क्षेत्रमा बस्ने आम नागरिकहरुलाई समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनु भएको हो । देशको सिमानाको सुरक्षा गरेर सदियौँदेखी बस्दै आएका दक्षिण क्षेत्रका नागरिकहरुलाई राज्यले अझै पनि विभेद गर्दै आएकोले नै विकासमा पछाडि परिरहन बाध्य भएको भन्दै अध्यक्ष प्रचण्डले यो समस्यालाई राष्ट्रिय मुद्दा बनाएर संघर्षमार्फत स्थापित गराउन…
पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ
पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिनुभयो। सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना…
नेकपा माओवादी केन्द्र धादिङले सहिद सप्ताह मनाउने
नेकपा माओवादी केन्द्र धादिङले आजबाट २१ गते सम्म सहिद सप्ताह मनाउने भएको छ । २०५२ साल फागुन १ गते नेकपा माओवादी केन्द्रका पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन १४ गते प्रथम सहिद दिलबहादुर रम्तेल र फागुन २१ गते झापा विद्रोहमा सहिद भएका दिनलाई जोडेर हरेक वर्ष सहिद सप्ताह मनाउँदै आएको कारण यस वर्ष पनि सहिद सप्ताह मनाउन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्र धादिङले प्रेस वक्तव्य जारी गर्दै धादिङबाट ११२ जना सहिदहरु, २८ जना वेपत्ता योद्धाहरु सहित देशभरका करिब १० हजार सहिदहरु र वेपत्ताको स्मरणमा…
