नेपाल फाइनलमा पराजित

फाइनलमा पराजित भएसँगै फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि जित्न नेपाल असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग शुन्यका विरुद्ध २ गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमार गोल गर्न सफल भएको थियो ।  ६२औं मिनेटमा यू पर कियोङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी हुन् । त्यसको दुई मिनेटपछि नै क्याप्टेन विन थियाङ थुमले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । सोपछि कुनै गोल हुन सकेन र नेपाल उपविजेतामा सीमित हुन पुग्यो । लेबनन र कीर्गिस्तानसमेत सहभागी चार देशीय च्याम्पियनसिपको…

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा दर्शनका लागि भक्तजनको भीड

धादिङ आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो रहेको छ ।

महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार खेल्दै

 चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ। नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर रहेको छ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ। नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।यो प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए । प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए ।लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै…

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै

भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । धादिङको शिद्धलेक,पशुपति मन्दिर,गुप्तेश्वरी,गोगनपानीमा रहेको बागबछला महादेव मन्दिर,महेशदोभावनमा रहेको शिव मन्दिर लगायतका मन्दिरहरुमा विशेष मेला लाग्दैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…

धादिङमा ट्यांकर दुर्घटना २ जनाको मृत्यु

धादिङमा पानी बोकेको ट्यांकर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । गए राति धादिङको गुप्तेश्वरमा पानी बोकेको ट्यांकर भिरबाट खस्दा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेश्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बा प्र–०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्यांकर खसेको हो । राति करिब साढे ११ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटना भएको खबर पाएसँगै सदरमुकाम धादिङबेंसीबाट गएका सोसल भोलिन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेंसीस्थित धादिङ अस्पतालमा पठाएका थिए भने…