अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गर्यो

धादिङ- अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।

दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो । नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन ।

चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

Related posts

Leave a Comment