धादिङमा हुन गईरहेको प्रथम बागमती साहित्यिक महोत्सवको लोगो सार्वजनिक

धादिङमा यहि फाल्गुन १६ र १७ गते प्रथम बागमती साहित्यिक महोत्सव हुने भएको छ । आईतबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै उक्त महोत्सवको लोगो सार्वजनिक गरिएको छ । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ्ग स्थित सबै सरोकारवालाको संयोजनमा उक्त महोत्सवको आयोजना गरिएको हो । बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न…

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कमा वृद्धि

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९.५६ अङ्कले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल र माइक्रोफाइनान्स समूहको शेयर झन्डै २ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने…

केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाए: राजेन्द्र पाण्डे

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गिरिबन्धु टी–इस्टेटबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाएको आफूले सुनेको दाबी गरेका छन्। शनिवार नेकपा एस बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्।  ‘गिरिबन्धु टी–इस्टेटको कुरा सुन्नुभएछ । ०२१ सालमा भूमिसुधार ऐन आउँदा त्यो चिया बगान भनेर राज्यले छोडेको हो। आज बिर्तामोडको जमिन जो कट्ठाको २ करोडभन्दा बढी पर्छ,’ पाण्डेले भने, ‘गिरिबन्धु भ्रष्टाचारको ठुलो नमुना हो।’  गिरिबन्धु जग्गा सट्टाभर्नामा अर्बौँ रुपैयाँ बाँडिसकेका उनले दाबी गरे। ‘केही मित्रहरूले भन्नुहुन्थ्यो ४ अर्ब त प्रधानमन्त्री ज्युले ब्रेकफास्ट गर्नुभयो भनेर । यस्तै कसले…