धादिङ आवासीय माध्यमिक विद्यालयको २८ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवंम नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नीलकण्ठ नगरपालिका उप प्रमुख दिपक विश्वकर्मा, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट, नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको विशेष आतिथ्यता तथा कार्यपालिका सदस्य, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालय २८ औं वसन्त पार गर्दै २९ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्नु हुदैं कार्यक्रमका प्रमुख अतिथी ढुङ्गानाले अबको वर्षहरुमा नगरपालिकाले शिक्षाको लागि विभिन्न उपलब्धीमूलक कार्यक्रमहरु गदैं अगाडी बढ्ने बताउनुभयो ।
उत्सव कै अवसरमा विद्यालयले अनुशासित विद्यार्थी, विद्यालयमा नियमित सरसफाई भएर आउने विद्यार्थी, उत्कृष्ट हस्तलेखन भएको विद्यार्थी र परिक्षामा उत्कृष्ट स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गर्नुका साथै उत्कृष्ट शिक्षक र पूर्व विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
सोमबार श्रीपञ्चमी अर्थात विद्याकी देवीको रुपमा परिचित सरस्वती माताको पुजा परेकाले विद्यालय प्राङ्गणमा सरस्वती पुजा गर्नुका साथै नयाँ स–साना बालबालिकालाई अक्षरारम्भ र नि:शुल्क भर्ना समेत गराईएको थियो भने विद्यार्थीहरुले संस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।
साथै सोमबार छुटेका बालबालिकाहरुको लागि माघ महिना भरी नि:शुल्क भर्ना अभियान सञ्चालन गरिने विद्यालयका प्रधानाध्याक ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
