३० माघ, धादिङ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ। उहाँका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।
Category: Trends
मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी नखेल्ने
अस्ट्रेलियाका प्रमुख पेस बलर मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने भएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जानकारी गराएको अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । योसँगै अस्ट्रेलिया अब तीनजना मुख्य अनुभवी पेस बलरविहीन भएको छ । यसअघि प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने पक्का भएको थियो । तीनवटै बलरले दुई ओडिआई र एक टी-२०आई विश्वकप सँगै जितेका थिए । स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेका थिए भने कप्तान कमिन्ससहित तीन बलर पनि नखेल्ने भएपछि अस्ट्रेलियाले स्टिभ स्मिथको कप्तानीमा अन्तिम…
पीडक विरुद्ध मुद्दा नचल्ने भएपछि बालेन साहले पीडित बालिकासँग माफी मागे
नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पीडित बालिकासँग माफी मागेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साहले पीडित बालिकासँग माफी माग्दै नआत्तिन पनि भनेका छन्। मेयर साहले लेखेका छन्,’सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा…
संसद भवन प्रवेश गर्न खोजेको आरोपमा एक युवा पक्राउ
धादिङ संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खगेन्द्र सुनुवार रहेका छन् । दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ । निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
ससाह ज्यामिरेमा शिशुको शव फेला, घटनाबारे थप अनुसन्धान जारी
धादिङ धादिङको नीलकण्ठ नगरपालिका वडा नं -८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ । सोमबार ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो । केराको फेदमा रगतजन्य प्लाष्टिक रहेको र त्यसको केही माथी बारीको पाटामा कागले लुछिरहेको अवस्थामा स्थानीयले देखेपछि सोमबार विहान प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो । मृतक शिशुको शव करिव ३ किलोको रहेको छ। शिशुको शव प्लाष्टिकको झोलामा हालेर फालेको र जनावरले…
‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानल कारबाहीमा
झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ। काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ। पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ। पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने…
वाशिङ्टन डीसीमा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि
काठमाण्डौ – अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ । हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना सबैको ज्यान गएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका समाचार संस्था एपीले जनाएको छ । अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाको ज्यान गएको…
नेपाल कबड्डी लिगको उपाधिका लागि आज साँझ जनकपुर र काठमाण्डौ खेल्दै
काठमाण्डौ – नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ । जनकपुर लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्षस्थान रहेको थियो । उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै लिग चरणमा काठमाण्डौ तीन जीत, एक बराबरी र एक हारसँगै तेस्रो भएको थियो । त्यसपछि काठमाण्डौले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइरमा विराटनगरलाई हराउँदै उपाधि नजिकै पुगेको हो । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज कबड्डीको…
च्याट जीपीटी जस्तै चाइनिज डीपसीक, अन्तर्राष्ट्रिय शेयरबजार समेत प्रभावित
१५ माघ, काठमाडौं । च्याट जीपीटीजस्तै चीनले एआई बट डीपसीक लञ्च गरेको छ । यसले अमेरिकी सूचना प्रविधि कम्पनीमा खलबली मचाएको बीबीसीले जनाएको छ । कम लागतमा तयार गरिएको यो एआई बट १० जनवरीमा लञ्च भएपछि अमेरिकी शेयर बजारमा कयौं ठूला कम्पनीको शेयर मूल्य घटेको छ । यसको सबैभन्दा ठूलो झड्का दिग्गज चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ । यो कम्पनीको शेयरमा गिरावट आउँदा पाँच सय अर्ब डलरभन्दा बढी घाटा व्यहोर्नु परेको बीबीसीले जनाएको छ ।डीपसीक लञ्चका कारण अमेरिकामा मात्र नभइ, जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट…
साउदी छाड्दै नेयमार ?
काठमाडौं । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्ध गरिएको जनाइएको छ । ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर छन् । ‘क्लब र खेलाडीबीचको आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ । दुई वर्ष अल हिलाल रहँदा नेयमारले मात्र सात खेले खेलेका छन् । उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए । उनले ब्राजिलबाट ७९…
