धादिङ क्षेत्र नं. २ अहिले निर्णायक मोडमा उभिएको छ । पटक–पटकका राजनीतिक प्रयोग, अधुरा प्रतिबद्धता र कार्यान्वयनको कमजोरीले यहाँका जनतामा निराशा बढ्दै गएको छ । यही अवस्थाबीच अब मतदाताले भावनाभन्दा विवेक, नाराभन्दा भरोसा र प्रयोगभन्दा अनुभव रोज्नुपर्ने समय आएको छ ।
रामबहादुर भण्डारी धादिङका लागि नयाँ नाम होइनन् । उनी स्थानीय राजनीति, संगठन निर्माण र जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन् । नियमित रूपमा जनताबीच रहने र स्थानीय समस्यालाई नजिकबाट बुझ्ने नेताका रूपमा परिचित भण्डारीले कहिलै लाभ र लोभको राजनिती गरेनन् । यही निरन्तरताले उनलाई जनविश्वासको पात्र बनाएको छ ।
धादिङका मूल समस्याहरु अझै समाधानको पर्खाइमा छन् । सडक सञ्जालको अवस्था, स्वास्थ्य सेवाको पहुँच, शिक्षा र रोजगारीका अवसर अभावले यहाँका युवालाई निराश बनाएको छ । यी विषय भाषणका लागि आकर्षक हुन सक्छन्, तर समाधानका लागि अनुभव, समन्वय र स्पष्ट दृष्टिकोण आवश्यक पर्छ । रामबहादुर भण्डारीले यी मुद्दालाई कागजी नारा होइन, व्यवहारिक समाधानका रूपमा अघि बढाउने क्षमता राख्ने नेताका रूपमा आफूलाई स्थापित गरि सकेका छन् ।
राजनीतिलाई प्रयोगशाला बनाउँदा सधैं जनताले मूल्य चुकाउनुपरेको यथार्थ धादिङले पनि भोगेको छ । अनुभवविहीन र अस्थिर नेतृत्वले दीर्घकालीन समाधान दिन नसक्ने उदाहरणहरू पर्याप्त छन् । यस्तो अवस्थामा संगठन बुझ्ने, राज्य संयन्त्रसँग काम गर्न जान्ने र जनताको आवाजलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने नेतृत्व आवश्यक छ ।
रामबहादुर भण्डारीलाई समर्थन गर्नु भनेको केवल एक व्यक्तिलाई होइन, स्थिरता, अनुभव र उत्तरदायी राजनीतिलाई समर्थन गर्नु हो । जनतासँगको निरन्तर सम्पर्क, संगठनप्रतिको निष्ठा र विकासप्रतिको व्यवहारिक दृष्टिकोणका कारण उनी धादिङका लागि भरोसायोग्य विकल्प बनेका छन् ।
यो निर्वाचन केवल व्यक्ति चयनको प्रक्रिया होइन, धादिङको भविष्यको दिशा तय गर्ने अवसर हो । अब प्रयोग होइन, परिणाम खोज्ने समय आएको छ । यही कारण, धादिङ क्षेत्र नं. २ का मतदाताले रामबहादुर भण्डारीलाई भोट दिनैपर्ने आधार बलियो छ ।
