नरसंहार पछि लेखकको राजीनामा 

धादिङ, २३–भदौ गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ। यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु लेखकले बताए ।कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि राजीनामा दिन्छु भन्दै गृहमन्त्री लेखक बालुवाटार हिंडेका थिए।

सरकार कुन नैतिकताले अझै कुर्सिमा ?

धादिङ,२३–भदौ देशभरको राजनीतिक र सामाजिक अवस्था हेर्दा यो प्रश्न स्वाभाविक रूपमा उठ्छ—सरकार कुन नैतिकताले अझै पनि सत्तामा बसिरहेको छ ? जनताको जीवन सहज बनाउनुपर्ने, स्थिरता र सुरक्षाको ग्यारेन्टी दिनुपर्ने जिम्मेवारी बोकेको सरकारले उल्टै जनताकै जीवन संकटमा पार्ने अवस्था सिर्जना गरेको छ। आज देशभर जेन जी आन्दोलनको आगो भडकिरहेको छ। आन्दोलन शान्तिपूर्ण हुनुपर्ने हो तर असन्तुष्ट जनताले सडक तताउँदा सरकारले अपनाएको कठोर कदम र बल प्रयोगका कारण २० जनाले ज्यान गुमाइसकेका छन्। यस्तो बेला जनताको पीडा बुझ्ने, वार्ता र संवादमार्फत समस्या समाधान गर्नुको सट्टा सत्ता टिकाइराख्ने खेल चलिरहेको देखिन्छ। नैतिकताको कुरा…

जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २०पुग्यो

धादिङ,२३–भदौ देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।   काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको हो । दुई सय ५६ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।   जेन जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएकामध्ये तीन जनाको परिचय खुलेको छ ।   जसमा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ तथा कीर्तिपुर निवासी ४२ वर्षका बुद्धि तामाङ रहेको प्रहरीले जनाएको छ ।   जेनजी प्रदर्शनका काठमाडौंका विभिन्न अस्पतालमा उपचाररतमध्ये…