धादिङ, ३–असार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले नीलकण्ठ नगरपालिकाको नगर शिक्षा ऐन र विभिन्न बुँदाहरूको संशोधन गर्ने माग राख्दै नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझाएको छ। पार्टीका नीलकण्ठ नगर समिति अध्यक्ष अमृत तामाङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक मनराज भण्डारी, निवर्तमान नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नगर सचिव हरिकृष्ण लम्साल, वाईसियल जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रीकृष्ण रिजाल, वाइसियल नगर समिति अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतको प्रतिनिधि मण्डलले मङ्गलवार नगर प्रमुख भीम प्रसाद ढुङ्गानालाई नगर कार्यपालिकाको कार्यालयमा भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन। पत्रमा नगरपालिका…
