सुनौला भैरवी आमा समूहको भवन उद्घाटन

धादिङ १९ बैशाख

धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा आमा समूहको भवन उद्घाटन गरिएको छ ।

शुक्रबार वडाको मौरी डाँडामा रहेको सुनौला भैरवी आमा समूहको भवन उद्घाटन गर्नुका साथै पोसाक, परिचयपत्र वितरण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान गरिएको हो ।

उक्त आमा समूहको अध्यक्ष तारा बसेल नेपालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नम्बर ६ का वडा अध्यक्ष भूपेन्द्र कुमार श्रेष्ठ, कार्यपालिका सदस्य एवम् आर्थिक समिति संयोजक लक्ष्मण रम्तेल र समाजसेवी भेषराज ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले धादिङदेखी फोस्रेटार जाने सडकलाई मुकुन्दशेन स्मृति मार्ग नामाकरण गरिएको र सम्पुर्ण आमा समूहहरूले आफ्नो हक अधिकारको लागि आफै अगाडी सर्नुपर्ने बताउनुभयो ।

त्यस्तै विशेष अतिथि रम्तेलले आमासमुहहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने र समाजमा व्याप्त रहेको विसङ्गतिलाई निराकरण गर्नुतर्फ लाग्नुपर्ने बताउनुभयो ।

Related posts

Leave a Comment