१० लाख रुपैयाँ मूल्यको औषधि बरामद

धादिङ, वैशाख– १२ वीरगन्जबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ मूल्यको औषधि बरामद गरेको छ। भारतबाट अटोमा अवैध रुपमा ल्याउँदै गरिएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल वीरगन्ज महानगरपालिका-२४ रामगढवास्थित सडकबाट बरामद गरेको हो। औषधिसहित ना २ स १०१७ नम्बरको अटोको चालक वीरगन्ज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताउनुभयो । साथै औषधि तस्करी गर्ने कार्यमा संलग्न भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिंहले बताउनुभयो । बरामद औषधिको ९ लाख ६० हजार तथा अटो र मोटरसाइकलको  ६ लाख गरेर कूल…