घुसपैठ भएको भन्दै पक्राउ

धादिङ, चैत्र-२६

काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार गरेको खबरदारीमा घुसपैठ भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का, दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री रहेका छन् ।

कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको हो ।

राप्रपाको बागमती प्रदेशको आयोजनामा भएको यो कार्यक्रमा पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Related posts

Leave a Comment