धादिङ चैत्र २४
आज देशका धेरै ठाउँमा मौसम धुम्म छ । कोशीका एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा बदली भएको हो । कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको छ ।
काठमाण्डौमा वायु प्रदूषण उच्च भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा या ठूलो हावा चल्यो भने मात्रै प्रदूषण कम हुदै जाने छ । आउँदो मङ्गलवारदेखि देशका धेरै ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यसले प्रदूषण केही मात्रामा घटाउने अनुमान गरीएको छ ।
