भारतको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) बढ्ने अनुमान !

भारतको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) र कुल मूल्य अभिवृद्धि (जी.भी.ए.) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमान अनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ । अर्थ मन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेश गरेकी थिइन् । सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि–बजेट दस्तावेज हो ।  अर्थ मन्त्रीले शनिबार सङ्घीय…

कांग्रेस सभापति अच्युत कलौनी मृत फेला

काठमाण्डौ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला पर्नुभएको छ । उहाँ भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिकै बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार ४३ वर्षीय कलौनीलाई बिहान पौने ८ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । प्रारम्भिक अवस्थामा बाहिरी शरीरमा कुनै चोट नदेखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम रिपोर्टपछि विस्तृत विवरण आउने डीएसपी जोशीले बताउनुभएको छ ।

पेट्रोलियम पदार्थको भाउ बढ्यो, एलपी ग्याँसको भने यथावत्

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ लिटरको छ रुपैयाँ र बाह्यतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ…